कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

हिमाल प्रेस १५ चैत २०८२ १९:१५ | Sunday, March 29, 2026
24
SHARES
कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गरी समितिको जरुरी बैठक यही चैत १८ गते बुधबार दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिएका छन्।

पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा बस्न लागेको उक्त बैठकमा उपस्थिति हुनका लागि समितिका सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ चैत २०८२ १९:१५ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast