कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

हिमाल प्रेस ४ चैत २०८२ १५:१३ | Wednesday, March 18, 2026
8
SHARES
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। कांग्रेसले आगामी शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। बैठकमा चुनावको नतिजा, नियमित महाधिवेशनलगायतका विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थित हुन भनिएको छ।

प्रकाशित: ४ चैत २०८२ १५:१३ | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast