काठमाडौँ- सरकारले पश्चिम एसियामा विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएको छ।
परराष्ट्र मन्त्रालयले आइतबार सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयमता अपनाउन, नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ। ‘नेपालले कूटनीति र संवादबाट समाधान खोज्न आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयले नेपालको विचारमा सबै राज्यहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुन अनुरूप सम्मान गरिनुपर्छ भनी बताएको छ। ‘नेपालको विचार नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने जिम्मेवारी कायम राख्नुपर्छ भन्ने छ,’ भनिएको छ।
प्रकाशित: १७ फागुन २०८२ १९:३३ | Sunday, March 1, 2026
प्रतिक्रिया





