निमावि अध्यापन अनुमतिपत्र लिन आयोगको आग्रह

हिमाल प्रेस २६ फागुन २०८२ १६:०८ | Tuesday, March 10, 2026
90
SHARES
निमावि अध्यापन अनुमतिपत्र लिन आयोगको आग्रह

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको स्थायी अध्यापन अनुमतिपत्र वितरणसम्बन्धी सूचना जारी गरेको छ।

आयोगको निर्णयअनुसार विज्ञापन नं. ४४/०८२/८३ अन्तर्गत अध्यापन अनुमतिपत्र परीक्षामा सफल भएका उम्मेदवारहरूको अनुमतिपत्र सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइमा पठाइसकिएको आयोगले जनाएको छ।

सूचनाअनुसार उत्तीर्ण उम्मेदवारहरूले आफूले परीक्षा दिएको जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय एकाइमा सम्पर्क गरी अनुमतिपत्र लिनुपर्नेछ।

अनुमतिपत्र लिन जाँदा न्यूनतम शैक्षिक योग्यतासम्मका शैक्षिक प्रमाणपत्र, प्रवेशपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, कक्षा १२ वा सो सरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको वा शिक्षा सम्बन्धी विषयमा २०० पूर्णाङ्कसहित कक्षा १२ उत्तीर्ण गरेको प्रमाणपत्र, विदेशी शिक्षण संस्थाबाट शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारका हकमा समकक्षताको प्रमाणपत्र, हालसालै खिचिएको अटो साइजको दुई प्रति फोटो साथै सक्कल कागजात र तिनका प्रतिलिपि साथमा ल्याउनुपर्नेछ।

उम्मेदवार स्वयं उपस्थित हुन नसक्ने अवस्थामा मञ्जुरीनामा सहित अन्य व्यक्तिमार्फत पनि अनुमतिपत्र लिन सकिनेछ जसका लागि मञ्जुरीनामा र अनुमतिपत्र लिन आउने व्यक्तिको नागरिकता वा परिचयपत्र पेस गर्नुपर्ने आयोगले जनाएको छ।

प्रकाशित: २६ फागुन २०८२ १६:०८ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast