काराबाओ कपको उपाधि सिटीलाई

हिमाल प्रेस ९ चैत २०८२ ७:२३ | Monday, March 23, 2026
2
SHARE
काराबाओ कपको उपाधि सिटीलाई

काठमाडौँ- म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि उचालेको छ । प्रिमियर लिग लिडर आर्सनललाई हराउँदै सिटीले काराबाओको उपाधि उचालेको हो। यो जितमा सिटीका निको ओरेली नायक बने । उनले फाइनल खेलको दोस्रोमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६० औँ मिनेटमा ओरेलीले हेडमार्फत सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि उनले टिमका लागि अर्को गोल गरेका थिए ।

आर्सनललाई २-० ले हराउँदै सिटीले उपाधि जितेको हो ।

प्रकाशित: ९ चैत २०८२ ७:२३ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast