चीनले बालेनलाई बधाई दिँदै भन्यो- एकता, स्थायित्व र समृद्धिका लागि सधैँ साथमा छौँ

हिमाल प्रेस १३ चैत २०८२ २२:०६ | Friday, March 27, 2026
8
SHARES
चीनले बालेनलाई बधाई दिँदै भन्यो- एकता, स्थायित्व र समृद्धिका लागि सधैँ साथमा छौँ

काठमाडौँ– चीनले नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई बधाई दिँदै दुई देशबीचको परम्परागत मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

बेइजिङमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले शाहको पदग्रहणप्रति प्रतिक्रिया दिँदै नेपालसँगको सम्बन्धलाई थप बलियो बनाउन चाहेको बताएका हुन्।

‘परम्परागत मित्र र छिमेकीका रूपमा चीनले सधैँ नेपाललाई आफ्नो स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्न समर्थन गर्दै आएको छ’, उनले भने, ‘नेपालमा एकता, स्थायित्व, विकास र समृद्धि हासिल गर्ने प्रयासमा पनि चीन सधैँ साथमा रहनेछ।’

प्रवक्ता लिनका अनुसार चीन नेपालको नयाँ सरकारसँग मिलेर द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन तयार छ। उनले परम्परागत मित्रतालाई निरन्तरता दिँदै व्यावहारिक सहकार्य विस्तार गर्ने र विकास तथा समृद्धिमा केन्द्रित रणनीतिक साझेदारीलाई अघि बढाउने प्रतिबद्धता जनाए।

चीनले नेपालसँगको सम्बन्धलाई दीर्घकालीन मित्रता र सहकार्य मा आधारित रूपमा अगाडि बढाउने पनि स्पष्ट पारेको छ।

प्रकाशित: १३ चैत २०८२ २२:०६ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast