काठमाडौँ- नेपालमा प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण, व्यवस्थित रूपमा सम्पन्न गरेकोमा चीनले बधाई दिएको छ।
नेपाली जनताले आफ्नो लोकतान्त्रिक अधिकारको सफलतापूर्वक प्रयोग गरेकोमा खुसी व्यक्त गर्दै चीनले यस निर्वाचनलाई सफल बनाउन भूमिका खेल्नेहरूको प्रशंसा गरेको छ।
नेपालको स्थिरता, विकास र समृद्धिको कामना गर्दै चीनले नेपाली जनताको सुख, स्वास्थ्य र सफलताको शुभेच्छा प्रकट गरेको छ। छिमेकी राष्ट्रको हैसियतले चीन सधैँ नेपालको साथमा रहने प्रतिबद्धता समेत जनाएको छ।
Congratulations on such a peaceful, orderly and smooth HoR election in Nepal! Warm congratulations to the Nepali people on exercising their democratic rights.
Great efforts by the Nepali authorities and people from all sectors for this election must be fully noted. Wish Nepal… pic.twitter.com/AJud6rVREB— Ambassador Zhang Maoming (@PRCAmbNepal) March 5, 2026





