पश्चिम एसिया द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ रिपोर्ट

हिमाल प्रेस ११ चैत २०८२ ११:०० | Wednesday, March 25, 2026
14
SHARES
पश्चिम एसिया द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ रिपोर्ट

पश्चिम एसियामा बढ्दो द्वन्द्व चौथो हप्तामा चलिरहदा लेबनानमा ११८ र कुवेतमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु भएको जनाइएको छ।

रिपोर्ट गरिएका तथ्यांकहरूमा हिंसा जारी रहँदा प्रभावितको सङ्ख्या बढ्ने आशंका गरिएको छ।

युद्ध सुरु भएदेखि हरेक दिन औसत लगभग ८७ जना बालबालिका मारिएका वा घाइते भएको युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइबानको टिप्पणी छ।

उनले तत्काल शत्रुता अन्त्य, नागरिक पूर्वाधारको सुरक्षा, र निर्बाध मानवीय पहुँच सुनिश्चित गर्न सम्बन्धित पक्षलाई आह्वान गरेका छन्।

युनिसेफले लामो हिंसा जारी रहेमा मध्यपूर्वमा गहिरो संकट उत्पन्न हुने चेतावनी दिएको छ।

निर्दोष बच्चाहरूको मृत्युले जनताको विश्वास कमजोर भई वैज्ञानिक क्षमतामासमेत स्थायी क्षति पुग्ने जनाइएको छ।

विनाशकारी युद्धको लगभग एक महिना बितिसक्दा तेल, इन्धन र ग्यासको मूल्यवृद्धिमा विश्व अर्थतन्त्रलाई हल्लाउदै दुरगामी प्रभाव बढाएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

पश्चिम एसियामा हवाई क्षेत्र, यातायात, ढुवानी मार्ग र प्रमुख मानवीय सिमाहरूमा अवरोध र बन्दले आधारभूत सामान र औषधीहरूको उपलब्धता र मूल्यसहित मानवीय सञ्चालन र व्यावसायिक आपूर्ति श्रृङ्खलालाई असर गरिरहेको जनाइएको छ।

हर्मुजको जलक्षेत्रमा व्यापारिक जहाजहरूमा भएका आक्रमणले आधारभूत आपूर्तिको वितरणलाई खतरामा पारी खाद्यान्नको मूल्य वृद्धि र जोखिम उच्च पारेको जनाइएको छ।

खाद्य सुरक्षालाई खतरामा पार्दै बजार प्रभावित भएकाले एसिया र अफ्रिकी महादेशका विकासोन्मुख देशहरूलाई सबै भन्दा बढी असर पर्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

प्रकाशित: ११ चैत २०८२ ११:०० | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast