समानुपातिक सांसदहरूलाई दिइयो प्रमाणपत्र

हिमाल प्रेस ५ चैत २०८२ १४:२२ | Thursday, March 19, 2026
16
SHARES
समानुपातिक सांसदहरूलाई दिइयो प्रमाणपत्र

काठमाडौँ- निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गरेको छ।

आयोगले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले नवनिर्वाचित सदस्यहरुलाई स्वागत गरेका थिए।

आयोगका सचिव एवं समानुपातिक प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले प्रमाणपत्र वितरण गरेका थिए। सो क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संविधान अनुसार निर्वाचन प्रणालीलाई सुधार गर्नका लागि नयाँ संसद गम्भीर हुने विश्वास व्यक्त गरे।

२०८४ मा हुने स्थानीय तहको निर्वाचन र प्रदेश सभा सदस्यको निर्वाचन सन्दर्भमा नयाँ कानुन ल्याएर सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। उनले प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकै समयमा गर्न सके मितव्ययी हुने उल्लेख गरे।

समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन्। यसै गरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिवादी) बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार जना सांसद निर्वाचित भएको आयोगले चैत २ गते सोमबार नै घोषणा गरिसकेको थियो।

प्रत्यक्षतर्फ रास्वपा १२५, कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति पार्टी ३, राप्रपा र स्वतन्त्र १/१ स्थानमा निर्वाचित भएका छन्।

प्रकाशित: ५ चैत २०८२ १४:२२ | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast