जेनजी आन्दोलनमा सिंहदरबार र सर्वाेच्चसहितका संरचना जलाउने ४६ जनाविरुद्ध मुद्दा दर्ता

हिमाल प्रेस २० फागुन २०८२ ७:०४ | Wednesday, March 4, 2026
12
SHARES
जेनजी आन्दोलनमा सिंहदरबार र सर्वाेच्चसहितका संरचना जलाउने ४६ जनाविरुद्ध मुद्दा दर्ता जेनजी आन्दोलनको आक्रोशमा सिंहदरबारमा भइरहेको आगलागी। फाइल तस्बिर

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा सिंहदरबार तथा सर्वोच्च अदालतसहित विभिन्न सार्वजनिक संस्थाहरूमा आक्रमण गर्ने अभियोग लागेका ३६ जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता भएको छ।त्यसबाहेक कान्तिपुर पब्लिकेशन्स, चन्द्रागिरि हिल्स र गैरआवासीय नेपाली उपेन्द्र महतोको निजी सम्पत्तिमाथि आक्रमण र तोडफोड गर्ने अभियोग लागेका थप १० जनाविरुद्ध मुद्दा दर्ता भएको अदालतले जनाएको छ।

जेन जी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागी भदौ २३ गते १९ जनाको ज्यान गएपछि भदौ २४ देशका विभिन्न भागमा आन्दोलनहरू भएका थिए। त्यसक्रममा सिंहदरबार, सर्वोच्च अदालत, व्यवस्थापिका संसद् र राष्ट्रपतिको कार्यालय लगायत विभिन्न सार्वजनिक संस्थालगायत देशैभरिका प्रहरी कार्यालयहरूमा समेत तोडफोड र आगजनीका घटनाहरू भएका थिए।

भदौ २३ र २४ गते देशमा ठूलो भौतिक र मानवीय क्षति पुगेको थियो। सर्वोच्च अदालतलगायत तोडफोड भएका कतिपय संस्थाहरूले घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीले त्यसमाथि अनुसन्धान गरी मुद्दा अभियोजनका लागि काठमाण्डू जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पठाएको थियो।

काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार मंगलवार घटनामा संलग्न भएको अभियोग लागेकाहरूविरुद्ध मुख्यतस् आपराधिक उपद्रवसम्बन्धी र एकाध डाकासम्बन्धी कसुर तथा हातहतियार खरखजाना मुद्दाहरू दर्ता भएका छन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र विध्वंशमा संलग्नविरुद्ध आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा मुद्दा दायर भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीले बताए।

सर्वोच्च अदालत जलाएको अभियोगमा सुनील श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर भएको छ । श्रेष्ठ, थापा, मगर, पराजुलीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा आगजनी गरेर एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँमा बराबरको क्षति पुर्‍याएको अभियोग पत्रमा उल्लेख छ।

सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न आशीष गुरुङविरुद्ध आपराधिक उपद्रो र डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । त्यस्तै प्रहरी वृत्त बौद्ध जनाएको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध पनि मुद्दा चलाइएको छ ।

प्रहरी प्रभाग बलम्बु तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा चलेको छ । सर्वोच्च अदालतले भदौ २४ गतेको घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको थियो ।

सर्वोच्च प्रशासनले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेर उनीहरूविरुद्ध मुद्दा चलाएको हो। यसअघि जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा चलाउने निर्णय नगरेका महेन्द्र गौतमविरुद्ध पनि अब प्रक्रिया अघि बढ्ने भएको छ। उनलाई उच्च अदालत पाटनको सरकारी वकिल कार्यालयले मुद्दा चल्ने निर्णय गरिसकेको छ। बीबीसीबाट

प्रकाशित: २० फागुन २०८२ ७:०४ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast