सुर्खेतमा छोराछोरीसहित सम्पर्कविहीन रहेकी महिलाको शव भेटियो

हिमाल प्रेस २ चैत २०८२ २०:०७ | Monday, March 16, 2026
24
SHARES
सुर्खेतमा छोराछोरीसहित सम्पर्कविहीन रहेकी महिलाको शव भेटियो

सुर्खेत- सुर्खेतमा दुई छोराछोरीसहित सम्पर्कविहीन रहेकी ३८ वर्षीया महिलाको शव भेटिएको छ। गुर्भाकोट नगरपालिका-१२ पिप्ले बस्ने माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दिपकसहित सम्पर्कविहीन रहेकी थिइन्।

प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सोमबार साँझ ५ बजेतिर हराएको स्थानदेखि ७ किलोमिटर दक्षिणतर्फ लेकबेंसी नगरपालिका-३, पटारेस्थित भेरी नदीको किनारमा शव भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढ्थापाले जानकारी दिए।

मृतकका श्रीमानले शवको सनाखत गरिसकेका छन्। उनका दुई छोराछोरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। उनीहरू आइतबारदेखि सम्पर्कविहीन रहेका थिए।

आइतबार बिहान ७ बजे घरबाट सम्पर्कविहीन भएको भन्दै मायाका श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा खबर गरेका थिए। उक्त चौकीबाट प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमाण्डमा ४ जनाको टोलीसहित वडाध्यक्ष र स्थानीय खोजतलास गर्दै जाँदा घरबाट करिब ३ किलोमिटर टाढाको रहेको भेरी नदीको किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र १ थान मोबाइल फेला परेको थियो।

प्रकाशित: २ चैत २०८२ २०:०७ | Monday, March 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast