काठमाडौँ- फिल्म ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले युट्युबसँगै टिकटक रिल्समा चर्चित बनिरहेकाे छ। गीतले युट्युबमा ४० लाख भन्दा बढी भ्युज पाएको छ।
उक्त गीत चलिरहेको समयमा निर्माण पक्षले आज नयाँ गीत सार्वजनिक गरेको छ। ‘हुम्लाको लिमी’ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर छ। एसडी योगीको संगीत र मौसम अर्यालको शब्द रहेको गीत रोमान्टिक शैलीको छ।
सियोन श्रेष्ठले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता विराज भट्ट र नव-नायिका खुशी कार्कीले नृत्य गरेका छन्। भिडियो दैलेखमा छायांकन गरिएको हो।
फिल्ममा कथा, पटकथा तथा निर्देशन माइकल चन्दले गरेका हुन्। फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी गरेका छन्। फिल्म लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा बनेको टिमले जनाएको छ।
यस्ताे छ गीत





