बम विस्फोटको घटनाप्रति बारको भर्त्सना

हिमाल प्रेस २७ फागुन २०८२ २०:५९ | Wednesday, March 11, 2026
26
SHARES
बम विस्फोटको घटनाप्रति बारको भर्त्सना

काठमाडौँ– नेपाल बार एसोसिएसनले सिरहा जिल्ला अदालत बार एसोसिएसन अगाडि अधिवक्ता मधुसुदन यादवको ल फर्ममा बम विस्फोट भएको घटनाप्रति घोर भर्त्सना गरेको छ।

बुधबार अपराह्न ४ बजे बम विस्फोट हुँदा ल फर्मको सिसा र भित्र रहेका कागजात तथा फर्निचरहरुमासमेत क्षति भएको छ।

नेपाल बार एसोसिसनका महासचिव केदारप्रसाद कोइरालाले भने, ‘बार यो घटनाप्रति घोर भर्त्सना गर्दछ, घटनाको छानबिन गरी, दोषीउपर कारबाही गर्न र ल फर्ममा भएको क्षतिपूर्ति दिन सरकारसँग माग गर्दछ।’

यो घटना कसले गराएको र के कति कारणले बम विस्फोट भएको भन्नेबारे पूर्ण विवरण भने आएको छैन।

प्रकाशित: २७ फागुन २०८२ २०:५९ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast