झापा-५ मा बालेनको अग्रता फराकिलो

हिमाल प्रेस २२ फागुन २०८२ ७:२५ | Friday, March 6, 2026
20
SHARES
झापा-५ मा बालेनको अग्रता फराकिलो केपी शर्मा ओली र बालेन शाह।

काठमाडौँ- बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। देशभर प्रत्यक्षतर्फको मतगणना भइरहँदा झापा-५ क्षेत्रलाई सबैभन्दा ‘हटसिट’ क्षेत्रका रूपमा हेरिएको छ।

यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष तथा चार पटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली र पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका बालेन्द्र शाह (बालेन) बीच प्रतिस्पर्धा भइरहेको छ। काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन यस निर्वाचनमा होमिएका हुन्।

पछिल्लो मतपरिणामअनुसार शाहले १ हजार ४७६ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनका प्रतिस्पर्धी केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन्। त्यस्तै समीर तामाङले १३९ मत प्राप्त गरेका छन्।

हालसम्म झापा-५ मा कुल २ हजार ३०३ मतगणना भइसकेको छ।

प्रकाशित: २२ फागुन २०८२ ७:२५ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast