‘बालेन लहर’ भारतको जस्तै ‘राजीव लहर’ जस्तै हो, दीर्घकालीन हुँदैन : शंकर पोखरेल

हिमाल प्रेस ४ चैत २०८२ १०:५१ | Wednesday, March 18, 2026
12
SHARES
‘बालेन लहर’ भारतको जस्तै ‘राजीव लहर’ जस्तै हो, दीर्घकालीन हुँदैन : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले सन १९८४ को भारतीय लोकसभा निर्वाचनमा कांग्रेस आईले ल्याएको दुई तिहाइ मतको उदाहरण दिँदै त्यतिबेला भारतीय जनता पार्टीले जम्मा दुई सिट प्राप्त गरेको उदाहरण दिएका छन्।

‘सन १९८४ को भारतीय आम चुनावमा आजको नेपालको चुनावमा देखिएको ‘बालेन लहर’ जस्तै राजीव लहर देखिएको थियो। त्यस समयमा भारतीय लोकसभामा कांग्रेस (आई) ले दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको थियो। वर्तमान सत्तारूढ दल भाजपा भने उक्त चुनावमा केवल २ सिटमा सीमित भएको थियो। तर, त्यस्तो विशाल सफलता प्राप्त गरेपछि पनि कांग्रेस (आई) क्रमशः कमजोर बन्दै गयो, जबकि भाजपा विस्तारै सशक्त बन्दै अघि बढ्यो। यही प्रक्रियाको परिणामस्वरूप आज भाजपा नरेन्द्र मोदी को नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्रीय शासनमा स्थापित भएको छ,’ उनले भनेका छन्।

यस घटनाक्रमले एउटा महत्वपूर्ण शिक्षा दिने उनको भनाइ छ।

‘चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन। जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण, र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन्। जित्ने र हार्ने दुबैका लागि यी शिक्षाका विषय हुन्,’ उनले भनेका छन्।

हालै भएको निर्वाचनमा एमालेले अनपेक्षित पराजय व्यहोरेपछि पार्टी पुनर्गठनको आवाज उठिराखेको छ। मातहतका केही कमिटीहरूले स्वःस्फूर्त समीक्षा गर्न थालेका छन्।

प्रकाशित: ४ चैत २०८२ १०:५१ | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast