सुदूरपश्चिममा स्वास्थ्य र मेडिकल शिक्षाको पहुँच विस्तारका लागि शिक्षा र अर्थमन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस १६ चैत २०८२ १०:३८ | Monday, March 30, 2026
16
SHARES
सुदूरपश्चिममा स्वास्थ्य र मेडिकल शिक्षाको पहुँच विस्तारका लागि शिक्षा र अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ- संघीय सांसद केपी खनालले सुदूरपश्चिममा स्वास्थ्य र मेडिकल शिक्षाको पहुँच विस्तारका लागि सरकार सकारात्मक देखिएको बताएका छन्।

उनले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई ध्यानाकर्षण गराउँदै गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन्।

खनालले भने,‘सुदूर अब दूर छैन, हाम्रो नजर निरन्तर गेटातिर छ। हिजो शिक्षामन्त्रीज्यूसँग भएको छलफलको आधारमा आज अर्थमन्त्री स्वर्णिम वाग्लेज्यूसमक्ष बजेट सुनिश्चित गराउन पहल गरेका छौं।’

गेटामा प्रस्तावित विश्वविद्यालयका लागि आवश्यक बजेट सुनिश्चित गर्न विश्वविद्यालय समितिसहित अर्थमन्त्रीसँग भेटघाट गरिएको थियो। ‘भेटका क्रममा अर्थमन्त्रीज्यूले आगामी शैक्षिक सत्रका लागि बजेट सुनिश्चित गर्न सकारात्मक भूमिका खेल्ने बताउनुभएको छ,’ खनालले भने।

उनले दुवै मन्त्रीको सकारात्मक पहलले सुदूरपश्चिममा ३०० शैयाको अस्पतालसहित मेडिकल शिक्षा सञ्चालन हुनेमा स्थानीयवासी विश्वस्त बन्दै गएको बताए।

‘सुदूर अब दूर छैन,’ उनले पुनः जोड दिँदै भने,‘गेटामा स्वास्थ्य सेवा र अध्ययनको अवसर एकसाथ उपलब्ध गराउने अपेक्षा गरेका छौं।’

खनालले आगामी दिनमा शिक्षामन्त्रीबाट आवश्यक प्रक्रिया तीव्र गतिमा अघि बढाइने विश्वास व्यक्त गर्दै सुदूरपश्चिमका जनताले अब आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा र उच्च शिक्षा पाउने वातावरण बन्ने अपेक्षा गरेका छन्।

प्रकाशित: १६ चैत २०८२ १०:३८ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast