इराकको एयरबेसमा आक्रमण, वायुसेनाको एउटा विमान नष्ट

हिमाल प्रेस १६ चैत २०८२ १८:२३ | Monday, March 30, 2026
24
SHARES
इराकको एयरबेसमा आक्रमण, वायुसेनाको एउटा विमान नष्ट

काठमाडौँ- इराकको एयरबेसमा भएको मिसाइल आक्रमणमा वायुसेनाको एउटा विमान नष्ट भएको छ।

मोहम्मद अला एयरबेसमा भएको मिसाइल आक्रमणमा वायुसेनाको एउटा विमान नष्ट भएको इराकको रक्षा मन्त्रालयले जनाएको हो।

यो आक्रमण सोमबार बिहान बगदाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको थियो। आक्रमणमा परी कोही घाइते वा मृत्यु नभएको बताइएको छ।

इराकको रक्षा मन्त्रालयले आफ्नो वेबसाइटमा जारी गरेको अपडेटमा यो आक्रमणलाई ‘सैन्यस्थल र उसको रक्षा क्षमतालाई निशाना बनाउने कायरतापूर्ण र आपराधिक कार्य’ भन्दै निन्दा गरेको छ।

यसअघि सोमबार बिहान सिरियाली अरब सेनाले इराक सीमानजिकै रहेका आफ्ना धेरै सैन्यस्थलहरूमा भएको ठूलो स्तरको ड्रोन आक्रमणलाई विफल पारेको बताएको थियो।

सेनाको अपरेसन कमाण्डले सरकारी समाचार एजेन्सी ‘सना’ लाई बताएअनुसार अधिकांश ड्रोनहरूलाई बीचमै रोकिएको र खसालिएको थियो।

प्रकाशित: १६ चैत २०८२ १८:२३ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast