उम्मेदवारी खारेज भएको अफवाहपछि बोलिन् आशिका तामाङ

हिमाल प्रेस २० फागुन २०८२ १४:०० | Wednesday, March 4, 2026
12
SHARES
उम्मेदवारी खारेज भएको अफवाहपछि बोलिन् आशिका तामाङ

काठमाडौँ- निर्वाचनको अघिल्लो दिन उम्मेदवारी खारेज भएको अफवाह फैलिएपछि अभियान्ता आशिका तामाङ चिन्तामा परेकी छन्। मिडिया र सामाजिक सन्जालमा उनको उम्मेदवारी खारेजी भएको भन्दै सूचना आइरहेका छन्। उनी यसपल्ट धादिङ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार हुन्। यसबारे उनले गुनासोसहित सामाजिक सन्जालमा लेखेकी छन्।

‘आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू, ​निर्वाचनको यो अन्तिम घडीमा मेरो विरुद्ध केही मिडिया हाउसहरूले आसिका तामाङको उम्मेदवारी खारेज भयो भन्दै फैलाएको भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म स्पष्ट पार्न चाहन्छु उक्त समाचारमा कुनै सत्यता छैन, मेरो उम्मेदवारी कायमै छ। ​मलाई बारम्बार विदेशी भन्दै लगाइएका आरोपहरू निराधार छन्।’ उनले भनेकी छन्,‘ म यही देशको नागरिक हुँ, मलाई संविधानले भोट हाल्ने र उम्मेदवार बन्ने पूर्ण अधिकार दिएको छ। अन्तिम समयमा मलाई कमजोर बनाउन रचिएको यो षड्यन्त्र विरुद्ध मैले कानूनी उपचार खोजिसकेकी छु। ​म तपाईँहरूकै छोरी(चेली र तपाईँहरुकै उम्मेदवार हुँ। त्यसैले कुनै पनि भ्रममा नपरी ढुक्क भएर मतदान गर्नुहोला। तपाईँको विवेकपूर्ण मतले नै परिवर्तन सम्भव छ।’ यसअघि पनि उनले उम्मेदवारी फिर्ता लिएको उपवाह फैलिएको थियो। तर तत्काल उनले फिर्ता नलिएको बताएकी थिइन्।

प्रकाशित: २० फागुन २०८२ १४:०० | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast