प्रधानसेनापति सिग्देलले गरे मध्यपृतना मुख्यालयको निरीक्षण

हिमाल प्रेस १७ फागुन २०८२ १९:०० | Sunday, March 1, 2026
14
SHARES
प्रधानसेनापति सिग्देलले गरे मध्यपृतना मुख्यालयको निरीक्षण

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले आज (आइतबार) हेटौँडास्थित मध्यपृतना मुख्यालयको निरीक्षण भ्रमण गरेका छन्।

त्यस क्रममा उनले पृतनाको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिबारे जानकारी लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापति सिग्देलले त्यस अवसरमा सकलदर्जालाई प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिएका छन्। उनले प्रदेश कमान्डपोस्ट र निर्वाचन सेलका पदाधिकारीसँग अन्तरक्रियासमेत गरेको निर्देशनालयले जनाएको छ।

प्रकाशित: १७ फागुन २०८२ १९:०० | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast