काठमाडौँ- नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. ले हेटौँडामा ‘अनुभव टोयोटा’ कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम यही चैत १२, १३ र १४ गतेसम्म सञ्चालन हुनेछ।
हेटौँडाको मेन रोडस्थित कफी बारमा आयोजना हुने उक्त कार्यक्रम विशेषगरी स्थानीय ग्राहकहरूलाई लक्षित गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा सहभागी हुनेहरूले टोयोटाका विभिन्न मोडेलका गाडीहरू प्रत्यक्ष अवलोकन गर्नुका साथै टेस्ट ड्राइभमार्फत गाडीको अनुभव लिन सक्नेछन्।
कम्पनीका अनुसार कार्यक्रम अवधिभर गाडी खरिद गर्ने ग्राहकहरूले एक्सचेञ्ज बोनस, अतिरिक्त एसेसरिज, नि:शुल्क इन्सुरेन्स, बैंकिङ सुविधा, रोड ट्याक्स लगायतका आकर्षक अफरहरू प्राप्त गर्नेछन्।
टेस्ट ड्राइभमा सहभागी हुने ग्राहकहरूका लागि पनि विभिन्न उपहारहरूको व्यवस्था गरिएको छ।
कार्यक्रममार्फत ग्राहकहरूले युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले उपलब्ध गराउँदै आएका सेवा तथा सुविधाबारे समेत जानकारी पाउनेछन्।
कम्पनीले हेटौँडा तथा आसपासका सम्पूर्ण ग्राहक तथा सम्भावित खरिदकर्ताहरूलाई कार्यक्रममा सहभागी भई टोयोटा गाडीहरूको प्रत्यक्ष अनुभव लिन हार्दिक निमन्त्रणा गरेको छ।




