चैत ४ बाट एन्फा महिला लिग हुँदै

हिमाल प्रेस ३ चैत २०८२ १६:४२ | Tuesday, March 17, 2026
4
SHARES
चैत ४ बाट एन्फा महिला लिग हुँदै

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा चैत ४ गते बुधबारदेखि काठमाडौँमा सहिद स्मारक एन्फा महिला लिग सुरु हुँदैछ। वैशाख १२ गतेसम्म ललितपुरस्थित च्यासल मैदानमा सञ्चालन हुने लिगका खेलहरू सिंगल राउन्ड रोविनका आधारमा हुने एन्फाले जनाएको छ।

लिगमा एपीएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट र बीच फुटबल, संकटा क्लब र त्रिभुवन आर्मी एफसीको सहभागिता रहनेछ। सहभागी ९ वटै टोलीले लिगको तयारी तीव्र गरिएको भन्दै नतिजा आफ्नो पक्षमा पार्ने दाबी समेत गरेका छन्।

उद्घाटन खेलअघि मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रि म्याच कन्फ्रेन्समा सहभागी टीमका प्रशिक्षक र कप्तानहरूले खेलाडीहरू लिगका लागि तयार रहेको र नतिजा आफ्नो पक्षमा पार्ने गरी सुरुदेखि नै अन्य टीमलाई दबाब दिएर खेल्ने समेत बताएका थिए।

बुधबार हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ। त्यस्तै बुधबार नै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्नेछन्।

प्रकाशित: ३ चैत २०८२ १६:४२ | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast