एन्फा महिला लिग आजबाट

हिमाल प्रेस ४ चैत २०८२ ७:०७ | Wednesday, March 18, 2026
12
SHARES
एन्फा महिला लिग आजबाट

काठमाडौँ- सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने यस प्रतियोगितामा देशभरका ९ टोलीले प्रतिस्पर्धा गर्ने छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने यस प्रतियोगितामा देशभरका ९ टोलीले प्रतिस्पर्धा गर्ने छन्। ललितपुरको च्यासल फुटबल रंगशालामा सुरू हुने लिगको उद्घाटन खेलमा न्यु रोड टिम (एनआरटी) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

एन्फाका अनुसार लिगका सबै खेलहरू च्यासल रंगशालामै सञ्चालन गरिनेछ। प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) एफसी, बागमती युथ क्लब, चर्च बोइज युनाइटेड, झापा एफसी, न्यु रोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट एन्ड बीच फुटबल, संकटा एफसी र त्रिभुवन आर्मी एफसी गरी ९ टोली सहभागी छन्।

महिला फुटबलको विकास र प्रवर्द्धनलाई टेवा पुर्याउने लक्ष्यसहित आयोजना गरिएको यो लिग आगामी वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ।
बुधबार नै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी आमनेसामने हुनेछन्।

प्रकाशित: ४ चैत २०८२ ७:०७ | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast