काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि अब सिंहदरबार र संसद् भवन जलाउनेलाई पनि नियन्त्रणमा लिनुपर्ने बताएका छन्। उनले सामाजिक सन्जालमार्फत अब सिंह दरबार, संसद भवन, सर्बोच्च अदालत र कयौँ सरकारी भवन जलाउने भत्काउने कृत्यको अगुवाहरुलाई पनि गिरफ्तार गरेर भाटै भाटा लगाउनुपर्ने बताएका हुन्।
जेनजी आन्दोलनको भदौ २३ को घटना घटाएको अभियोगमा ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका हुन्। जेनजी छानबिन प्रतिवेदनले उनीहरूलाई दोषी करार गरेको थियो। साम्पाङका अनुसार अब सरकारले अब भदौ २४ को विध्वंश मच्चाउनेलाई पनि पक्राउ गर्नुपर्छ।

प्रकाशित: १४ चैत २०८२ ७:४३ | Saturday, March 28, 2026
प्रतिक्रिया




