‘सेतो धरती’ नाटकमा जोडिइन् अभिनेत्री बेनिशा, ताराको भूमिकामा देखिने

हिमाल प्रेस ९ चैत २०८२ ११:४८ | Monday, March 23, 2026
20
SHARES
‘सेतो धरती’ नाटकमा जोडिइन् अभिनेत्री बेनिशा, ताराको भूमिकामा देखिने

काठमाडौँ- अभिनेत्री बेनिशा हमाल नाटकमा अभिनय गर्ने भएकी छन्। कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको नाटक ‘सेतो धरती’ मा उनी जोडिएकी छन्।

अभिनेत्री हमालले पहिलोपटक नाटक खेल्न लागेकी हुन्। यो उनको डेब्यु नाटक हो। नाटकमा उनी तारा पात्रको भूमिकामा देखिने एकेडेमीले जनाएको छ। एकेडेमीले फेसबुकमार्फत भन्दै यसबारे जानकारी दिएकाे हाे। ‘सेतो धरती’ कि ‘तारा’ मा बेनिशा हमाल’ भन्दै नाटककाे केही तस्बिर सार्वजनिक गरेकाे छ।  एकेडेमीका अनुसार नाटकको अहिले रिहर्सल चलिरहेको छ।

नाटक अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’ मा आधारित छ। एकेडेमीले उक्त उपन्यासको कथालाई नाटकमार्फत मञ्चन गर्न लागेको छ।

नाटकको मञ्चन मिति, निर्देशक तथा अन्य कलाकारहरू सार्वजनिक गरिएको छैन। एकेडेमीले चैत १३ गते अन्तर्राष्ट्रिय रंगमञ्च दिवसको अवसरमा थप जानकारी दिने बताएको छ।

कान्तिपुर फिल्म एकेडेमीको यो चौथो नाटक हो। यसअघि एकेडेमीकै कान्तिपुर थिएटरमा ‘महारानी’, ‘शिरीषको फूल’ र ‘मिरा’ नाटक मञ्चन भइसकेको छ।

प्रकाशित: ९ चैत २०८२ ११:४८ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast