‘एक मुठी बादल’ को टिजरमा कविता वाचन गदै आँचल

हिमाल प्रेस ६ चैत २०८२ ११:२२ | Friday, March 20, 2026
14
SHARES
‘एक मुठी बादल’ को टिजरमा कविता वाचन गदै आँचल

काठमाडौँ- फिल्म ‘एक मुठी बादलस् माई सेयर अफ स्काई’ को टिजर सार्वजनिक भएको छ। टिजर अभिनेत्री आँचल शर्माको स्वरमा वाचन गरिएको ‘पोम्पोईको फूल’ शीर्षकको कविताबाट सुरु भएको छ।

उक्त कविता फिल्मकी लेखक तथा निर्देशक सहारा शर्माको बाल्यकालको धमिलो स्मृतिबाट उब्जिएको हो। उनले बाल्यकालमा हजुरआमाको मुखबाट यस्तै लय र भावका कविताहरू सुनेकी थिइन्। फिल्म सम्पादनको चरणमा अचानक ती शब्दहरू उनलाई याद आयो। ‘फिल्मलाई एउटा बलियो भावनात्मक सहारा चाहिएको थियो, र अन्ततः त्यही कविता फिल्मको प्राण र अभिन्न हिस्सा बन्न पुग्याे,’ निर्देशक शर्माले भनिन्।

टिजर अभिनेत्री शर्माकाे जन्मदिनकाे अवसरमा सार्वजनिक गरेकाे टिमले जनाएकाे छ।  आफ्नो जन्मदिनकै दिन चलचित्रको पहिलो झलक बाहिरिनुलाई अभिनेत्री आँचलले एउटा सुन्दर संयोग मानेकी छन्।

उनले ‘एक मुठी बादल’लाई आफ्नो अभिनय यात्राकै नितान्त विशेष प्रोजेक्टको रूपमा लिएकाे बताइन्। ‘अरु चलचित्रमा म अरु कोही भूमिका निर्वाह गरिरहेको हुन्छ तर यो चलचित्रको माइली मै हो । आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि शब्दमा भन्न सकिँदैन । यो चलचित्र मेरा लागि एकदमै स्पेसल छ,’ उनको भनाइ छ ।

आँचलसहित फिल्ममा निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव बिष्ट र अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय छ।

गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा निकुन श्रेष्ठ रहेका छन्।

निर्माण टिममा जर्मन फिल्ममेकर सारा फाजिलातका साथै सामीप्यराज तिमल्सेना र अनुप पौडेल समेत जोडिएका छन्। फिल्म आगामी वर्ष २०८३ जेठ १ मा प्रदर्शन गर्ने टिमकाे तयारी छ।

यस्ताे छ टिजर

प्रकाशित: ६ चैत २०८२ ११:२२ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast