काठमाडौँ– कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु)माथि आक्रमण भएको छ।
वडा नम्बर–१० स्थित शंकर प्राबिको मतदान स्थलमा मतदान गर्न जानेक्रममा वडाध्यक्ष शाहीमाथी आक्रमण भएको हो।
उनलाई एमाले कार्यकर्ताले आक्रमण गरेको आरोप कांग्रेसले लगाएको छ। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शाहीको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
२०७९ को निर्वाचनमा शाहीसँग एमालेबाट वडाध्यक्षमा पराजित राम भण्डारीको समूहले ढुंगा प्रहार गरेको बताइएको छ।
प्रकाशित: २१ फागुन २०८२ १३:३४ | Thursday, March 5, 2026
प्रतिक्रिया





