सुर्खेतमा फागुनमा मात्रै ७६ सवारीसाधन दुर्घटना, एक महिलासहित चारको मृत्यु

हिमाल प्रेस ३ चैत २०८२ ८:५० | Tuesday, March 17, 2026
2
SHARE
सुर्खेतमा फागुनमा मात्रै ७६ सवारीसाधन दुर्घटना, एक महिलासहित चारको मृत्यु

सुर्खेत- सुर्खेतमा गत फागुनमा ७६ वटा सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा एक महिलासहित चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

कार्यालयले सोमबार सार्वजनिक तथ्यांकअनुसार फागुनमा भएका सवारी दुर्घटना हुनुमा मानवीय त्रुटि प्रमुख कारण देखाइएको छ । करिब ८० प्रतिशत मानवीय त्रुटि र बाँकी यान्त्रिक खराबीका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख रोहीतकुमारी शाहीले जानकारी दिइन् ।

उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल ४८, टेम्पो १०, मिनिबस सात, बस पाँच, जिप, कार चार र ट्र्याक्टर दुई वटा दुर्घटना भएका छन् । चौँतिस वटा सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेका कार्यालय प्रमुख शाहीले उल्लेख गरिन् । मादक पदार्थ सेवनबाट तीन, चालकको असक्षमताबाट तीन, चढ्दारओर्लंदा एक र ब्रेक फेल भएर आठ दुर्घटना भएको छ ।

फागुनमा ट्राफिक तथा जनपद प्रहरीले ६४० जाँच गर्दा ४०२ लाई कारबाही गरेको जनाउँदै त्यसबाट रु तीन लाख ९१ हजार ५०० राजस्व संकलन भएको कार्यालय प्रमुख शाहीले बताइन् । त्यस्तै, ट्राफिक प्रहरी एक्लैले जाँच गर्दा २३५ कारबाही परेका छन् । त्यसबाट रु एक लाख ९२ हजार ५०० राजस्व संकलन गरिएको उनको भनाइ छ ।

त्यसैगरी, चालकसँग एक मिनेट कार्यक्रमबाट छ हजार ६६३, पैदल यात्रु लक्षित कार्यक्रमबाट ५१६, संघसंस्था लक्षित सचेतना कार्यक्रमबाट एक हजार ७५४ र सवारी चलाउने चालक सचेतना कार्यक्रमबाट १२८ गरी कुल १८ हजार ५४३ जना लाभान्वित भएको जनाइएको छ । ट्राफिक नियम पालनासम्बन्धी सचेतनामूलक कार्यक्रम तीव्रताका साथ अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित: ३ चैत २०८२ ८:५० | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast