इटहरी- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी जिल्लामा कुल ५ लाख ८० हजार ९४५ मतदातामध्ये ३ लाख ६९ हजार ६०० मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यो कुल मतदाताको ६४ प्रतिशत हो।
क्षेत्रगत विवरण अनुसार निर्वाचन क्षेत्र–१ मा १ लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८६५ मत खसेको छ।
यसै गरी निर्वाचन क्षेत्र–२ मा १ लाख ५८ हजार ९०१ मतदातामध्ये १ लाख १ हजार ४ मत खसेको छ।
निर्वाचन क्षेत्र ३ मा १ लाख ३४ हजार ३०२ मतदातामध्ये ९५ हजार १९५ मत खसेको छ।
यसै गरी निर्वाचन क्षेत्र ४ मा १ लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको छ।
जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रशासनले जनाएको छ। केही स्थानमा बिहान सामान्य ढिलाइ भए पनि समग्रमा मतदान प्रक्रिया सहज र व्यवस्थित रहेको जनाइएको छ। अब मतगणना प्रक्रिया आजै रातिबाट सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।





