श्रीराम ग्यास उद्योगको गोदाममा भेटियो ६ हजार लुकाइएका सिलिन्डर

हिमाल प्रेस २ चैत २०८२ २१:०८ | Monday, March 16, 2026
10
SHARES
श्रीराम ग्यास उद्योगको गोदाममा भेटियो ६ हजार लुकाइएका सिलिन्डर

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा ६ हजार ३७७ वटा ग्यास सिलिन्डर फेलापारेको छ।

ग्यासको कृत्रिम अभाव सृजना गर्ने हेतुले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले सो उद्योगको गोदाममा १४.२ किलो तौल भरिएका ग्यास सिलिन्डर फेलापारेको हो।

विभागले सो उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गराएको छ। ती ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्रीवितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ।

ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर पर्नेगरी कृत्रिम अभाव सृजना नगरी वितरण प्रणाली सहज गर्न विभागले आग्रह गरेको छ।

पश्चिम एसियामा विकसित तनावका कारण ग्यास आपूर्ति नहुने आशंकामा उपभोक्ताले ग्यासको अधिक भण्डारण गर्दा वितरणमा समस्या भइरहेको निगमले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast