एकैजिल्लामा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

हिमाल प्रेस १० चैत २०८२ ७:०३ | Tuesday, March 24, 2026
2
SHARE
एकैजिल्लामा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु सांकेतिक तस्बिर।

मोरङ- जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ। विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती सेवा समाजद्वारा सोमबार यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तर्क्रियामा स्वास्थ्य कार्यालयका अधिकृत मुलकचन्द राजवंशीले एक वर्षमा क्षयरोगबाट ३५ जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

उनका अनुसार आव २०८०/८१ मा क्षयरोगबाट ३० जनाको मृत्यु भएको थियो भने चालु आवको हालसम्म ३५ जनाको मृत्यु भएको हो। जिल्लामा चालु आवको हालसम्म ९०९ क्षयरोगका संक्रमित देखिएकामा गत आवमा एक हजार २२२ संक्रमित फेला परेका थिए ।

मोरङका सुन्दरहरैँचा, पथरीशनिश्चरे, उर्लाबारी क्षेत्रमा क्षयरोगका सङ्क्रमित बढी फेला परेका छन् । सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निवारण गर्ने सरकारको लक्ष्य छ । ‘हो हामी क्षयरोग अन्त्य गर्छौँ, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ नेपालमा मङ्गलबार विश्व क्षयरोग दिवस मनाइँदै छ ।

यस उपलक्ष्यमा मङ्गलबार मोरङको बूढीगङ्गास्थित विराट मेडिकल कलेजबाट क्षयरोग सम्बन्धमा जनचेतना जागृत गराउन प्रभातफेरीले टङ्कीसिनवारी नगरक्षेत्र परिक्रमा गरी कोणसभा गरिने कार्यक्रम तालिका रहेको सोही अवसरमा जानकारी गराइएको छ । रासस

प्रकाशित: १० चैत २०८२ ७:०३ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast