पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ

हिमाल प्रेस २० फागुन २०८२ ११:०२ | Wednesday, March 4, 2026
2
SHARE
पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ

वीरगन्ज- पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउकोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरू सुँगुरको टाउको मस्जिदमा लगेर फ्याँक्ने तयारीका साथ हिँडेका थिए। ‘उनीहरूले पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारेर मस्जिदमा फ्याँक्ने भन्ने तयारी गरेका रहेछन्,’ सुरक्षा स्रोतले भन्यो, ‘धार्मिक सदभाव भड्काउने उनीहरुको उद्देश्य हामीले सफल हुन दिएनौँ।’ प्रहरीका अनुसार उनीहरूको साथबाट नौ थाल सुतली बम, केही तारलगायतका सामग्री पनि बरामद भएको छ।

प्रकाशित: २० फागुन २०८२ ११:०२ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast