पर्साबाट २१३ किलो गाँजा बरामद

हिमाल प्रेस २६ फागुन २०८२ १४:५२ | Tuesday, March 10, 2026
6
SHARES
पर्साबाट २१३ किलो गाँजा बरामद

काठमाडौँ- नेपाल प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टर छोडी चालक फरार भएका थिए।

प्रहरीले उक्त ट्याक्टर तलासी गर्दा २२ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो।

प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नाका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २६ फागुन २०८२ १४:५२ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast