ठमेलबाट युगान्डाका २० महिला पक्राउ

हिमाल प्रेस ११ चैत २०८२ १५:४३ | Wednesday, March 25, 2026
18
SHARES
ठमेलबाट युगान्डाका २० महिला पक्राउ

काठमाडौँ- ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका-२६, ठमेल फायरचोकबाट  प्रहरीले ती महिलाहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबै महिला युगाण्डाका हुन्।

प्रहरीले आज (बुधबार) उनीहरूलाई सार्वजनिक गरेको छ। उनीहरूले विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख हैरानी दिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

प्रकाशित: ११ चैत २०८२ १५:४३ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast