रौतहटमा कागजपत्र नभएका १५ मोटरसाइकल बरामद

हिमाल प्रेस १२ चैत २०८२ १३:०६ | Thursday, March 26, 2026
10
SHARES
रौतहटमा कागजपत्र नभएका १५ मोटरसाइकल बरामद

काठमाडौँ- रौतहट प्रहरीले कागजपत्रविहीन १५ थान मोटरसाइकल र भन्सार छलीको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको चेकिङ टोलीले बुधबार गौर नगरपालिका–४ बसपार्क चौकमा सवारी साधन जाँच गर्ने क्रममा कागजपत्र नभएका १५ वटा मोटरसाइकल बरामद गरेको हो।

बरामद मोटरसाइकलहरूको अनुमानित मूल्य ११ लाख ७० हजार रहेको प्रहरीले जनाएको छ। यसैगरी, भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरिएको ७२३० मूल्य बराबरको खाद्यान्न तथा अन्य सरसामानसमेत बरामद गरिएको छ।

विभिन्न मिति र समयमा जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएका टोलीले अलग–अलग स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकल र अवैध सामग्रीसहित कुल ११ लाख ७७ हजार २३० मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले बताएका छन् ।

प्रकाशित: १२ चैत २०८२ १३:०६ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast