काठमाडौँ- नेपाल प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो।
काठमाडौँ महानगरपालिका-२६ ठमेल नरसिंह चोकस्थित सिटी हेभन होटलबाट लागुऔषध खैरो हेरोइनसहित सिरहा नगरपालिका-८ का २९ वर्षीय रक्कीकुमार यादवलाई पक्राउ गरिएको छ।
यसैगरी काठमाडौँ महानगरपालिका-१६ नयाँ बजार फलफूल चोकबाट लागुऔषध पोलेनसहित एक जना, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट खैरो हेरोइनसहित एक जना, गुलरिया नगरपालिका-११ गणेशपुरबाट एक जना, लहान नगरपालिका-३ बाट एक जना र तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डीबाट दुई जनालाई पक्राउ गरिएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका-६ बागमाराबाट एक,कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुईबाट दुई, धरान उपमहानगरपालिका-१६ पानीट्याङ्कीबाट ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई तथा सोही उपमहानगरपालिका-२० विष्णुपादुका पुलबाट १७ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ।




