काठमाडौँ- नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट मधुबन नगरपालिका-७ शुक्रबस्ती बस्ने गौरव पुन मगर, झापाको कमल गाउँपालिका-६ गुवाबारीबाट सोही गाउँपालिका-६ बस्ने लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
त्यसैगरी सुनसरी, इनरुवा नगरपालिका-४ बाट सोही उपमहानगरपालिका-१८ का जेम्स राई र सोही उपमहानगरपालिका-१७ का सिद्धार्थ चौधरी पक्राउ परेका छन्। दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बाट सोही नगरपालिका-७ डाँडापातु बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीबाट राक्सिराङ गाउँपालिका-६ धुसराङ बस्ने सन्त सिंह लामा र सोही गाउँपालिका-२ बस्ने सन्तवीर मोक्तानलाई पक्राउ गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने प्रतिक चौधरीलाई कैलालीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका-१९ धामी चोकबाट सोही उपमहानगरपालिका-१९ बस्ने बिवेक चौधरी, सोही उपमहानगरपालिका-१२ जुगेडा बस्ने नमराज बराइली र छत्रबहादुर विक पनि लागुऔषधसहित पक्राउ परेका छन्।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ अमौरीबाट जानकी गाउँपालिका-२ परागिपुर बस्ने रमेश दर्लामी मगरलाई प्रहरीले पक्राउ गरेको छ। बाँके, कोहलपुर नगरपालिका-११ सिद्धनगर डेरा गरी बस्ने गोविन्द सुनार पनि पक्राउ परेका छन्।
कास्की, पोखरा महानगरपालिका-९ शान्तिवनबाट सोही ठाउँ बस्ने सुनिल कमरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।





