१५ सदस्यीय मन्त्रिपरिषद्‌मा १३ जना नयाँ

हिमाल प्रेस १३ चैत २०८२ १५:०२ | Friday, March 27, 2026
१५ सदस्यीय मन्त्रिपरिषद्‌मा १३ जना नयाँ

काठमाडौँ- वालेन्द्र साह (बालेन) सरकारको १५ सदस्यीय मन्त्रिपरिषद्मा १३ जना नयाँ अनुहार रहेका छन्। शुक्रबार गठित मन्त्रिपरिषद्‌मा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र परराष्ट्रमन्त्री शिशिर खनाल मात्रै दोहोरिएका हुन्। श्रेष्ठ यसअघि युवा तथा खेलकुदमन्त्री थिए भने शिशिर खनाल शिक्षामन्त्री भएका थिए।

श्रेष्ठ काठमाडौँ-८ बाट प्रतिनिधिसभा सदस्यमा दोस्रोपटक निर्वाचित भएका हुन्। उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पाँच महिनाजति युवा तथा खेलकुदमन्त्री भएका थिए।

खनाल सार्वजनिक शिक्षा सुधारका अभियन्ता खनाल टिच फर नेपालका संस्थापक हुन्। रास्वपाका केन्द्रीय सचिवालय सदस्य खनाल २०७९ माघमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला शिक्षामन्त्री भएका थिए। खनालले अमेरिकाको युनिभर्सिटी अफ विसकोन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र ब्रिजपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन्। खनाल काठमाडौँ निर्वाचन क्षेत्र ६ बाट निर्वाचित भएका हुन्।

यस्तो छ मन्त्रिपरिषद्

क्र.सं. नाम थर पद कार्यविभाजन
वालेन्द्र शाह प्रधानमन्त्री रक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति
डा. स्वर्णिम वाग्ले मन्त्री अर्थ
सुधन गुरुङ मन्त्री गृह
शिशिर खनाल मन्त्री परराष्ट्र
सुनिल लम्साल मन्त्री भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास
विराजभक्त श्रेष्‍ठ मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
खडक राज पौडेल मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
सस्मित पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद
निशा मेहता मन्त्री स्वास्थ्य तथा जनस‌‌ङ्ख्या; खानेपानी
१० डा. विक्रम तिमिल्सिना मन्त्री सञ्चार तथा सूचना प्रविधि
११ प्रतिभा रावल मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१२ सोविता गौतम मन्त्री कानून, न्याय तथा संसदीय मामिला
१३ गीता चौधरी मन्त्री कृषि तथा पशुपन्छी विकास; वन तथा वातावरण
१४ दीपककुमार साह मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५ सीता बादी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
प्रकाशित: १३ चैत २०८२ १५:०२ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast