प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका-१५ बाट लागुऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो।
सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट सिरहाको गोलबजार नगरपालिका-४ निपाने टोलबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१२ बाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट दुई,बाँकेका दुई, रूकुम पूर्वको, भूमे गाउँपालिका-२ बाट दुई जनालाई पक्राउ गरिएको हो।
प्रकाशित: १० चैत २०८२ १३:१८ | Tuesday, March 24, 2026
प्रतिक्रिया




