समानुपातिकमा मधेशी दलितलाई नसमेटिएको भन्दै जनकपुरधाममा विरोध प्रदर्शन

हिमाल प्रेस ३ चैत २०८२ २१:०७ | Tuesday, March 17, 2026
26
SHARES
समानुपातिकमा मधेशी दलितलाई नसमेटिएको भन्दै जनकपुरधाममा विरोध प्रदर्शन

जनकपुरधाम- मधेशी दलित समुदायलाई समानुपातिक प्रतिनिधित्वबाट पूर्णतः बाहिर पारिएको भन्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ। दलित अगुवा नेता तथा अभियन्ताहरूले मंगलबार जनकपुरधामको जनक चोकमा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूले संसदीय प्रतिनिधित्वमा मधेशी दलित खोई? भन्ने नारासहित विरोध प्रदर्शन गरे। दलित अभियन्ता राजेश सक्सेनाले बन्दसूची र सिफारिस प्रक्रियाले मधेशी दलितमाथि व्यवस्थित रूपमा अन्याय गरिएको बताए। बन्दसूचीमा अत्यन्त सीमित नाम राख्ने र सिफारिस गर्ने बेलामा ती नामसमेत हटाउनु मधेशी दलितमाथिको खुला विभेद रहेकाले चरणबद्ध कडा आन्दोलनमा जाने निर्णय गरिएको उनको भनाइ छ।

दलित अभियन्ता विनोद महराले मधेशबाट करिब १३ लाख मत पाएको रास्वपाले ५ लाखभन्दा बढी दलित मत लिए पनि समानुपातिकमा खसवादी वर्चस्व कायम राख्न मधेशी दलितलाई बाहिर राख्न बन्दसूचीदेखि सिफारिसम्म चलखेल गरेको आरोप लगाए।

प्रकाशित: ३ चैत २०८२ २१:०७ | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast