पहिरो पन्छाएपछि एकतर्फी रूपमा खुल्यो मेची राजमार्ग

हिमाल प्रेस १६ चैत २०८२ १३:३९ | Monday, March 30, 2026
10
SHARES
पहिरो पन्छाएपछि एकतर्फी रूपमा खुल्यो मेची राजमार्ग

काठमाडौँ- पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज बिहान पुनः पहिरो खसेसँगै अवरुद्ध भएको छ ।

यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो। जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको उनको भनाइ छ।

यसअघि साँझ सुक्खा पहिरोका कारण अबरुद्ध भएको राजमार्ग राति १०ः५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो। तर, आज बिहान फेरि पहिरो झरेपछि अवस्था जटिल बनेको हो।

इलामको रोङ गाउँपालिका–४ बागखोरस्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुंगासहितको सुक्खा पहिरो खसेको हो । सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ चैत २०८२ १३:३९ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast