काठमाडौँ- अमेरिकाको न्यूयोर्कको ला ग्वार्डिया विमानस्थलमा एउटा विमान ट्रकसँग ठोक्किएको छ। दुर्घटनामा पाइलट र कोपाइलटको मृत्यु भएको छ भने कैयौँ यात्रु घाइते भएका छन्।
क्यानडाको मोन्ट्रियलबाट आएको विमन अवतरण गर्ने क्रममा रनवेमा ट्रकसँग ठोक्किएको बीबीसीले जनाएको छ।
सीआरजे ९०० विमानमा ७० देखि ९० जना सवार रहेको बताइएको छ।
प्रकाशित: ९ चैत २०८२ १५:०० | Monday, March 23, 2026
प्रतिक्रिया




