युवा संघले सबै निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड बनाउने

हिमाल प्रेस १९ माघ २०८२ १७:५२ | Monday, February 2, 2026
24
SHARES
युवा संघले सबै निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड बनाउने

काठमाडौँ- नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न निर्वाचनका लागि देशका सबै निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड बनाउने भएको छ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै युवा संघले आफ्ना पार्टीका उम्मेदवारहरुलाई जिताउनका लागि संगठनका सबै सदस्यहरुलाई परिचालित गर्दै सबै निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड बनाउने जनाएको हो।

पत्रकार सम्मेलनमा युवा संघका अध्यक्ष महाराज गुरुङले निर्वाचन परिचालन कमाण्डहरुले प्रचारप्रसार रणनीति बनाउने, मतदातामा जागरण ल्याउने, मतदानका लागि भयरहीत वातावरण बनाउने र उम्मेदवारसहितको सुरक्षा प्रबन्ध गर्ने जानकारी दिए।

त्यस्तै ६ हजार ७ सय ४३ वटै वडामा वडा कमाण्डर र १० हजार ९ सय ६७ वटै बुथमा बुथ कमाण्डर तोकिएको बताए।

आम चुनावमा समृद्ध नेपालको सपना देख्ने, त्यसको पैरवी गर्ने र त्यसका लागि लागिपर्ने उम्मेदवाहरुलाई जिताउन प्रभावकारी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिने उनले बताए।

नेपाली युवा आन्दोलनलाई नयाँ गति प्रदान गर्ने र अगामी निर्वाचनमा मुलुक बनाउने शक्तिलाई जनमतमार्फत अनुमोदन गराउने उदेश्यसहित संगठनलाई अघि बढाइने अध्यक्ष गुरुङको भनाइ छ।

प्रकाशित: १९ माघ २०८२ १७:५२ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast