महिला क्रिकेट टोलीको जर्सी सार्वजनिक

हिमाल प्रेस २१ माघ २०८२ १६:३६ | Wednesday, February 4, 2026
8
SHARES
महिला क्रिकेट टोलीको जर्सी सार्वजनिक

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)द्वारा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा राखेप सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले संयुक्त रूपमा महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन्।

एक्सट्रिम इनर्जी ड्रिंक्सबीच भएको जर्सी प्रायोजन सम्झौताअन्तर्गत एक्सट्रिम इनर्जीको लोगोअंकित जर्सी सार्वजनिक गरिएको क्यान सचिव खड्काले जानकारी दिए। उनले नेपाली राष्ट्रिय महिला क्रिकेटलाई बलियो बनाउन क्यानले कुनै कसर बाँकी नराख्ने बताए।

खड्काले नयाँ सोच, विचार र नयाँ संरचनाका साथ अन्तर्राष्ट्रिय स्तरमा महिला टिमले छुट्टै स्थान बनाउने विश्वास व्यक्त गरे। उनले नयाँ प्रशिक्षक समेत आइसकेको अवस्थामा दुई वर्षभित्र महिला क्रिकेट टोलीको प्रदर्शन निकै माथि उठ्ने धारणा राखे।

प्रकाशित: २१ माघ २०८२ १६:३६ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast