महिला एसिया कप राइजिङ स्टार्स २०२६ : पाकिस्तान ‘ए’ सँग नेपाल स्तब्ध

हिमाल प्रेस २ फागुन २०८२ ६:४१ | Saturday, February 14, 2026
6
SHARES
महिला एसिया कप राइजिङ स्टार्स २०२६ : पाकिस्तान ‘ए’ सँग नेपाल स्तब्ध

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोली महिला एसिया कप राइजिङ स्टार्स २०२६ को पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ। थाइल्यान्ड आज सुरु भएको राइजिङ स्टार्सको पहिलो खेलमा नेपाली टोलीले पाकिस्तानको ‘ए’ टोलीसँग ३० रनले गुमाएको हो।

१३८ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७ रन मात्र बनाउन सक्यो। ओपनर बिन्दु रावलले बनाएको टोलीका‌ लागि सर्वाधिक ३९ रन बनाइन्। ४५ बलमा ८ चौका प्रहार गरेकी बिन्दु मोमिना रियासतको बलमा क्याच आउट हुन पुगिन्। कविता कुवँर १८ र सिता रानामगर १९ रनमा अविजित रहे।

कप्तान पूजा महतो १६ बलमा ११ रन बनाउँदा अनोसा नासिरको बलमा आउटभइन्। सम्झना खड्का ५ बलमा १ चौका सहयोगमा ६ रन बनाउँदा अख्तरबाट कट एण्ड बोल्ड भइन्। कविता जोशी शुन्य रनमा नै अनोसा नासिरको बलमा एलबीडब्लू धरापमा परिन्। रुवि पोडार ३ र रुविना क्षेत्री २ रन बनाइन्। पाकिस्तानी अनोसा नासिरले ३, मोमिना रियासतले २ र वाहिदा अख्तरले १ विकेट लिए।

बैककस्थित टे«डथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । पाकिस्तान ए टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३७ रनको बनाएको थियो। पाकिस्तान ए का लागि कप्तान हाफ्सा खालिद ३९ बलमा २ चौका र १ छक्का सहयोगमा ४० रनमा नटआउट रहिन्।

वाहिदा अख्तर २३ रन बनाउँदा रिया शर्माको बलमा रुविना क्षेत्रीको हातबाट क्याच आउट भइन्। हुरैना सज्जादले १७ र सवाल जुल्फीकरले १० रन बनाइन् । नेपालका लागि कविता कुवँरले २, मनिषा उपाध्याय, रिया शर्मा, सिता रानामगर र रुविना क्षेत्रीले समान १ विकेट लिए ।

नेपालले समूह चरणको दोस्रो खेल आइतबार यूएईसँग र अन्तिम खेलमा मंगलबार भारत ‘ए’ सँग खेल्नेछ। एसिया कपमा सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ। समूह चरणका खेलपछि शीर्ष स्थानमा रहने २ टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल २२ फेब्रुअरीमा हुनेछ। समूह बी मा आयोजक थाइल्यान्डसहित बंगलादेश, मलेसिया र श्रीलंका छन्।

प्रकाशित: २ फागुन २०८२ ६:४१ | Saturday, February 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast