कहाँ कहाँ पर्‍यो असिना पानी?

हिमाल प्रेस १३ फागुन २०८२ ७:३३ | Wednesday, February 25, 2026
2
SHARE
कहाँ कहाँ पर्‍यो असिना पानी? फाइल तस्बिर।

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा बढी वर्षा भएको छ। काठमाडौँको जरसिंहपौवा सहित, नुवाकोटको ककनी लगायत विभिन्न क्षेत्रमा असिना परेको छ।

विभागमा साँझ अभिलेख भएको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा सबभन्दा बढी वर्षा संखुवासभामा ३६.८ मिलिमिटर वर्षा भएको छ। त्यसपछि सिन्धुपाल्चोकमा २५.६ मिलिमिटर वर्षा भएको छ।

यस्तै ताप्लेजुङमा २४, नुवाकोटमा ११, गोरखामा १३, पर्वतमा २०.६ म्याग्दीमा १०.६,प्यूठानमा १३.८, रोल्पामा २०.८, ललितपुरमा १३.२, काठमाडौंमा २.६, भक्तपुरमा ३.४, दोलखामा ८.४ मिलिमिटर वर्षा भएको छ। अन्य धेरै जिल्लामा १० मिलिमिटरभन्दा तल वर्षा भएको छ। केही ठाउँमा असिनासहितको वर्षा भएको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार पनि विभिन्न ठाउँमा वर्षा हुने देखिएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थले बुधबार तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्ने छ।

बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ। तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ। रासस

प्रकाशित: १३ फागुन २०८२ ७:३३ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast