नेकपाको १५ बुँदे अपिलपत्रमा के छ ?

हिमाल प्रेस १४ फागुन २०८२ १६:२५ | Thursday, February 26, 2026
2
SHARE
नेकपाको १५ बुँदे अपिलपत्रमा के छ ? नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १५ बुँदे अपिल सार्वजनिक गरेको छ। नेकपाले बिहीबार काठमाडौँमा एक कार्यक्रम गर्दै अपिल सार्वजनिक गरेको हो।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित अपिलमा आफूहरू अवस्था बदल्न आएको उल्लेख छ।

‘…व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्नेछौँ। अरूले गफ गर्ने हुन्, हामी काम गर्छौँ। जसरी व्यवस्था बदल्यौँ, त्यसै गरी अवस्थामा पनि हामीले नै बदल्नेछौँ,’ अपिलमा भनिएको छ। साथै कमीकमजोरी सच्याएर अघि बढ्न प्रतिबद्ध रहेको समेत उल्लेख गरिएको छ।

अपिलमा चुनाव भड्किलो, खर्चिलो भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्ने, संविधानको गम्भीर समीक्षा र पुनरावलोकनमार्फत आवश्यक परिमार्जन गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, सार्वजनिक पदधारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने र भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नेलगायतका प्रतिबद्धता जनाइएको छ।

प्रकाशित: १४ फागुन २०८२ १६:२५ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast