सरकारले के गर्छ सामाजिक सञ्जाल विधेयक?

हिमाल प्रेस २१ माघ २०८२ ११:०४ | Wednesday, February 4, 2026
4
SHARES
सरकारले के गर्छ सामाजिक सञ्जाल विधेयक? सांकेतिक तस्बिर

काठमाडौँ- सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन निर्णय गरेको हो।

सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले उक्त निर्णयको जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको सालिक निर्माण गर्ने उद्देश्यसहित सिंहदरबार परिसरको गुरूयोजना निर्माण गर्नसमेत स्वीकृति दिएको प्रवक्ता अर्यालले बताए।

प्रकाशित: २१ माघ २०८२ ११:०४ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast