देशलाई बचाउन चुनावमा होमियौँ : लिङ्देन

हिमाल प्रेस २५ माघ २०८२ १५:३८ | Sunday, February 8, 2026
12
SHARES
देशलाई बचाउन चुनावमा होमियौँ : लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको समस्याको समाधान चुनाव नभए पनि देशलाई बचाउनका लागि पार्टी चुनावमा होमिएको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित राप्रपाका तर्फबाट काठमाडौँका उम्मेदवारहरूसँगको साक्षात्कारमा लिङ्देनले पुरानै व्यवस्थामा हुन लागेको चुनावले देशको समस्या समाधान गर्न नसके पनि देशलाई थप संकटबाट बचाउन आफूहरू चुनावमा होमिएको बताएका हुन्।

नेपालको निर्णायक नेपाली जनताको हातमै राख्नको लागि राजा, राजनीतिक दल र नवयुवापुस्ताको बीच नवीनतम सम्झौता नभई मुलुकको समस्या समाधान हुन नसक्ने उनले बताए।

लिङ्देनले एउटा प्रजातान्त्रिक पार्टी हुनुको नाताले विद्रोहमा जानुभन्दा चुनावलाई उपयोग गर्ने भनेर चुनावमा सहभागी भएको धारणा राखे।

उनले अहिले पूर्वाधार निर्माणका लागि भन्दा पनि ठूलो कुरा देशै रहने कि नरहने भन्ने अवस्थामा पुगेको बताए।

लिङ्देनले छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा रहेको जिकिर गरे।

प्रकाशित: २५ माघ २०८२ १५:३८ | Sunday, February 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast