फिल्म निर्देशनमा ‘भ्वाइस अफ नेपाल’ फेम्ड निर्देशक लक्ष्मण पौड्याल, सुरु गरे ‘भटभटे’ काे छायांकन 

हिमाल प्रेस ५ फागुन २०८२ १२:३२ | Tuesday, February 17, 2026
4
SHARES
फिल्म निर्देशनमा ‘भ्वाइस अफ नेपाल’ फेम्ड निर्देशक लक्ष्मण पौड्याल, सुरु गरे ‘भटभटे’ काे छायांकन 

काठमाडौँ- ‘भ्वाइस अफ नेपाल’ फेम्ड निर्देशक लक्ष्मण पौड्यालले फिल्म निर्देशन गर्ने भएका छन्। उनले ‘भटभटे’ नामक फिल्म बनाउन लागेका हुन्।

फिल्म सोसल ड्रामा जनरामा बन्ने बताइएको छ। यो उनको डेब्यू निर्देशकीय फिचर फिल्म हो।

साहित्यकार नयनराज पाण्डेको कथा रहेको फिल्मको पटकथा पौड्याल स्वयंले लेखेका छन्।

फिल्म मोटरसाइकलको कथामा बन्ने निर्देशक पौडेलले बताए। उनका अनुसार तराईको परिवेश समेटेर फिल्मको कथा प्रस्तुत गरिनेछ।

‘मोटरसाइकल सवारी साधन मात्र नभएर मानवीय भावना पनि जोडिएको हुन्छ। तराईतिर यसलाई भटभटे भन्छन्,’ उनले भने, ‘तराईमा बाइकलाई दाइँजोको रुपमा धेरैले चिन्छन्। यिनै विषय समेटेर फिल्म बनाउन लागेका छाैँ।’

उनले फिल्मको छायांकन पनि थालिसकेका छन्। गत आइतबारदेखि जनकपुरमा फिल्मको छायांकन भइरहेको छ।

फिल्ममा अञ्जना बराइली, ‘कार्टुन्ज क्रू’ का सविन कार्की, रविन्द्र झा, प्रमोद अग्रहरि लगायत कलाकारकाे अभिनय रहेनछ।

फिल्ममा व्यवसायी सुरेश कार्कीले लगानी गरेका छन्। फिल्म करिब ४ करोड बजेट लाग्ने टिमको अनुमान छ।

प्रकाशित: ५ फागुन २०८२ १२:३२ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast