कालिमाटीमा तरकारीको मूल्य : मटरकोसा ६०, घिउ सिमी १३० [अरू कति?]

हिमाल प्रेस २९ माघ २०८२ ८:३६ | Thursday, February 12, 2026
10
SHARES
कालिमाटीमा तरकारीको मूल्य : मटरकोसा ६०, घिउ सिमी १३० [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४०, आलु रातो प्रतिकिलो ३०, आलु रातो (भारतीय) प्रतिकिलो २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रहेको छ।

गाजर (लोकल) प्रतिकिलो ६०, गाजर (तराई) प्रतिकिलो ५०, बन्दा (लोकल) प्रतिकिलो ५२, बन्दा (तराई) प्रतिकिलो ३०, बन्दा (नरिबल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो २८, काउली स्थानीय (ज्यापू) प्रतिकिलो ५०, काउली तराई प्रतिकिलो ३०, रातो मूला प्रतिकिलो ३५, सेतो मूला (लोकल) प्रतिकिलो १६, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो ५० र भन्टा डल्लो प्रतिकिलो ६० कायम भएको छ ।

मटरकोसा प्रतिकिलो ६०, घिउ सिमी (लोकल) प्रतिकिलो १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, घिउ सिमी (राजमा) प्रतिकिलो १३०, टाटे सिमी प्रतिकिलो ७०, तिते करेला प्रतिकिलो १९०, लौका प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ५०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ७० र स्कुस प्रतिकिलो ७० कायम गरिएको छ।

रायोसाग प्रतिकिलो २५, पालुङ्गो प्रतिकेजी ४०, चमसुर प्रतिकिलो ३०, तोरीसाग प्रतिकिलो २५, मेथी प्रतिकिलो ४०, हरियो प्याज प्रतिकिलो ६०, बकुला प्रतिकिलो ६०, तल प्रतिकिलो ६०, च्याउ (कन्य) प्रतिकिलो ११०, च्याउ (डल्ले) प्रतिकिलो ४००, राजा च्याउ प्रतिकेजी ३००, सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो ५०, चुकुन्दर प्रतिकिलो ६५, सजीवन प्रतिकेजी २५०, रातो बन्दा प्रतिकिलो १००, जिरीको साग प्रतिकिलो ५०, ग्याठकोभी प्रतिकिलो ५०, सेलरी प्रतिकिलो १८०, पार्सले प्रतिकिलो ३५०, सौफको साग प्रतिकिलो ४० पुदिना प्रतिकिलो ३५०, गान्टे मुला प्रतिकिलो ५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५०, गुन्द्क प्रतिकिलो ३०० र रूखटमाटर प्रतिकेजी २६० तोकिएको छ ।

प्रकाशित: २९ माघ २०८२ ८:३६ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast